राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले बोलाए सर्वदलीय बैठक
प्रमुख खबर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । बैठक सोमबार बिहान ९ बजे सार्वजनिक लेखा समितिको हल, संसद् सचिवालय, सिंहदरबारमा बस्ने जनाइएको छ ।
बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल गरिने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष , सभापतिसहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
