`

बाढीले बगाउँदा दुई महिलाको मृत्यु

Nepal One HD २९ जेठ २०८३ ११:३४
समाचार

काठमाडौं । कैलालीको गोदावरी क्षेत्रमा आएको बाढीमा परी दुई महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउद रहेका छन्।

शुक्रबार बिहान च्याउ खोज्न नजिकैको जङ्गल गएका उनीहरू गोदावरी नदीमा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ। खोजीका क्रममा दुवै जनाको शव वनदेवी मन्दिर पछाडिको क्षेत्रमा फेला परेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *