यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं । सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका तीन प्रमुख निर्णय सार्वजनिक गरेको छ।
बैठकले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको म्याद आगामी असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको उक्त कार्यदललाई बहसपत्र तयारीका लागि थप एक महिनाको समय दिइएको हो।
त्यस्तै, मन्त्रिपरिषद्ले २०५२ सालमा तयार भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लैजान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको छ।
बैठकको अर्को निर्णयअनुसार लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गरिएको छ।
