`

बस दुर्घटना हुँदा ११ जना घाइते

Nepal One HD २९ जेठ २०८३ १६:४९
समाचार

धनकुटा । धनकुटामा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

कोशी राजमार्गअन्तर्गत धनकुटा नगरपालिका–९ च्याङच्याङबारीस्थित मूलघाट नजिक शुक्रबार भएको दुर्घटनामा संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनाका कारण केही समय अवरुद्ध बनेको कोशी राजमार्गको धनकुटा–मूलघाट सडक खण्ड हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार बसमा १५ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएका ११ जनाको उद्धार गरी उपचारका लागि नजिकैका स्वास्थ्य संस्थामा पठाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *