`

टेम्पो भीरबाट खसेको घटनाको यथार्थ के हो ?

Nepal One HD ३१ जेठ २०८३ १४:२३
अर्थ समाचार

काठमाडौं। गोदावरी नगरपालिका-४ स्थित गाईमारे चुरे क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसेको घटना यतिबेला सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म चर्चाको विषय बनेको छ।

जेठ २९ गते डिभिजन वन कार्यालय धनगढीको टोलीले अतिक्रमित वन क्षेत्र खाली गराउने अभियान सञ्चालन गर्दा उक्त घटना भएको थियो। धेरै जनाले अहिले यो घटनाको सामाजिक संजालमा तिव्र विरोध जनाइरहेका छन्।

स्थानीय स्तरमा वन कर्मचारीहरूले खानेकुरा बेच्न प्रयोग भइरहेको टेम्पोलाई जानाजान भीरबाट धकेलेर भिरमा खसालीदिएपछि यो घटनाले व्यापक चर्चा पाएको हो। तर डिभिजन वन कार्यालयका कर्मचारीहरूले भने यस्तो आरोप अस्वीकार गरेका छन्।

कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै टेम्पो भीरबाट खस्नु नियोजित नभई जमिनको असन्तुलित बनावटका कारण भएको दाबी गरेका छन्। उनीहरूका अनुसार उक्त जीएसए टेम्पो चल्ने अवस्थामा थिएन। टेम्पोको चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको तथा धकेल्नसमेत कठिन हुने अवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

वन कार्यालयका अनुसार उक्त टेम्पोलाई सवारी साधनका रूपमा नभई अतिक्रमित वन क्षेत्रमा टहरा तथा पसल सञ्चालन गर्न प्रयोग गरिएको थियो। अतिक्रमण हटाउने अभियानअन्तर्गत करिब एक महिनाअघि नै सञ्चालक घनश्याम धामीलाई संरचना हटाउन मौखिक तथा लिखित निर्देशन दिइएको बताइएको छ।

वन कर्मचारीहरूको भनाइअनुसार सोही क्षेत्रमा रहेका अन्य १० वटा अस्थायी संरचना हटाइए पनि सम्बन्धित पक्षले टेम्पो नहटाएपछि अतिक्रमण हटाउने क्रममा उक्त घटना भएको हो।

वन कार्यालयले घटनाबारे फैलिएका भ्रमपूर्ण सूचनामा विश्वास नगर्न समेत आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *