`

बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ

Nepal One HD ३१ जेठ २०८३ २१:०४
विश्व

बङ्गलादेशका पूर्व प्रहरी प्रमुख बेनजिर अहमदलाई दुबईबाट पक्राउ गरिएको छ । उहाँविरूद्ध इन्टरपोलको खोजीको सूचीमा निवेदन परेको थियो ।

कुनै समय पूर्व निरंकुश नेता शेख हसिनाको नजिकको सहयोगी रहेकी बेनजीरले सन् २०२४ को मे महिनामा देश छाड्नुभएको थियो ।

‘र्यापिड एक्सन बटालियन’ नामक अर्धसैनिक बलको नेतृत्व गरेका उहाँलाई सयाँै बेपत्ता र गैरन्यायिक हत्यामा कथित भूमिकाको लागि संयुक्त राज्य अमेरिकाले सन् २०२१ मा उहाँलगायत केही बङ्गलादेशी अधिकारीविरुद्ध प्रतिबन्ध लगाएको थियो ।

“पूर्व प्रहरी प्रमुख अहमदलाई जुन १२ मा पक्राउ गरिएको र छिट्टै सुपुर्दगी गरिने छ,” बङ्गलादेशका गृहमन्त्री सलाहुद्दीन अहमदले संसदलाई बताउनुभयो ।

अहमद्विरुद्ध इन्टरपोलको ‘रेड नोटिस’ जारी गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो ऐतिहासिक उपलब्धि हो । यी प्रयासहरूको माध्यमबाट हामी दण्डहीनताको संस्कृतिलाई तोड्न सक्षम हुनेछौँ,” सलाहुद्दीन अहमदले भन्नुभयो ।

उहाँले थप्नुभयो, “हामी राष्ट्रलाई आश्वस्त पार्न चाहन्छौं कि कुनै पनि अपराधी, जतिसुकै शक्तिशाली भए पनि, कानूनभन्दा माथि छैन।”

सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उहाँ निर्वासनमा रहँदै आउनुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *