प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसदमा विपक्षीको विरोध जारी
राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका छन्।
बुधबार संसद् बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। उनीहरूले १७ जेठमा प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी विवादित अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै संसद् अवरुद्ध गर्ने क्रमलाई जारी राखेका हुन्।
विपक्षी दलहरूले उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीबाट स्पष्ट जवाफ र धारणा सार्वजनिक गर्न माग गर्दै आएका छन्। उनीहरूको विरोधका कारण बैठकको कार्यसूची प्रभावित भएको छ।
सत्तापक्ष र विपक्षीबीच सहमति जुटाउने प्रयास जारी रहे पनि बुधबारको बैठकमा समेत विपक्षीको विरोध कायमै देखिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
