`

श्रम संस्कृतिले रोष्टम घेराउ कायमै राखेपछि संसद १५ मिनेटका लागि स्थगित

Nepal One HD ३ असार २०८३ १४:४०
बिशेष

काठमाडौं । श्रम संस्कृति पार्टीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष हर्क साम्पाङ सहित पार्टीका सांसदहरूले वेल घेराउ गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

सभामुखले स्पष्टीकरणमाथि पुनः प्रश्न उठाउन नमिल्ने भन्दै सांसदहरूलाई बस्न आदेश दिएका थिए। तर आदेशको पालना नभएपछि वेल घेराउकै बीच केही समय बैठक सञ्चालन गरिएको थियो।

स्थिति नियन्त्रणमा नआएपछि अन्ततः बैठक स्थगित गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *