`

उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए

Nepal One HD ३ असार २०८३ २१:१६
विश्व

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले सञ्चालन गरेको गुप्तचर सूचनामा आधारित कारबाहीमा तीन आतंककारी मारिएका छन् ।

प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सुरक्षा निकायले आतंककारीले आक्रमणको योजना बनाइरहेको तथा कानून प्रवर्तन निकायका कर्मचारीको आवागमनमा अवरोध पु¥याउन चेकपोस्ट स्थापना गरेको सूचना प्राप्त गरेपछि कोहट जिल्लाको शकरदरा रोड क्षेत्रमा उक्त कारबाही सञ्चालन गरिएको हो ।

सुरक्षा टोली घटनास्थलमा पुगेपछि आतङ्ककारीले गोली चलाएका थिए । त्यसपछि भएको दोहोरो भिडन्तमा तीन आतङ्ककारी मारिएका थिए भने उनका केही सहयोगी फरार भएका थिए ।
विज्ञप्तिअनुसार सुरक्षा बलले मारिएका आतङ्ककारीबाट तीनवटा राइफल, नौवटा म्यागजिन तथा ठूलो परिमाणमा गोलीगठ्ठा बरामद गरेको छ । मृतकको पहिचान गर्ने प्रयास भइरहेको जनाइएको छ ।

फरार भएका संदिग्धको खोजी तथा पक्राउका लागि खोजी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *