`

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

Nepal One HD ३ असार २०८३ २२:१०
विश्व

बेइजिङ। चीन र संयुक्त राज्य अमेरिकाबीच लागूऔषध नियन्त्रणका क्षेत्रमा घनिष्ठ सञ्चार र व्यावहारिक सहयोग जारी रहेको चीनले जनाएको छ ।चीन राष्ट्रिय लागूऔषध नियन्त्रण आयोगको कार्यालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका कार्यकारी उपनिर्देशक तथा सार्वजनिक सुरक्षा मन्त्रालयको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख वेई सियाओजुनले दुवै देशबीच विभिन्न तहमा संस्थागत संवाद र सहकार्य भइरहेको जानकारी दिनुभयो ।

वेईका अनुसार चीनले अमेरिकी राष्ट्रिय लागूऔषध नियन्त्रण नीति कार्यालयलगायत सम्बन्धित निकायसँग नियमित सम्पर्क कायम राखेको छ । साथै, दुवै देशका कानुन कार्यान्वयन निकायले लागूऔषधसम्बन्धी धेरै मुद्दामा संयुक्त अनुसन्धान गरेका छन् ।

उहाँले चीनले उत्तरी अमेरिकामा अवैध लागूऔषध उत्पादनमा प्रयोग हुने पूर्ववर्ती रसायनको दुरुपयोग रोक्न सक्रिय कदम चालेको पनि बताउनुभयो ।चिनियाँ पक्षले लागूऔषध नियन्त्रणका लागि अन्तरराष्ट्रिय सहकार्यलाई निरन्तर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *