`

नेपालमा भ्रष्टाचार थियो, छ र बढ्दै गएको छ – गगन थापा

Nepal One HD ५ असार २०८३ २०:५५
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सम्पत्ति छानबिन सुशासन र विधिको शासनसँग जोडिएको महत्वपूर्ण विषय भएको बताएका छन् ।

सम्पत्ति छानबिन, सुशासनको सवाल र विधिको बहस कार्यक्रममा बोल्दै थापाले सुशासनको मुद्दा नै निर्वाचनको सबैभन्दा ठूलो मुद्दा रहेको उल्लेख गरे । उनले आफ्नो पार्टीभित्र पनि लामो समयदेखि सुशासनको विषय उठाउँदै र त्यसलाई स्थापित गर्न संघर्ष गर्दै आएको बताए ।

उनले भने, ‘सुशासनको मुद्दा नै यो चुनावको सबैभन्दा ठूलो मुद्दा थियो। हामीहरू आफ्नै पार्टीभित्र पनि लामो समयदेखि उठाउँदै, लड्दै यो विषयलाई स्थापित गर्दै आइरहेका पनि हौँ।’

उनले नेपालमा भ्रष्टाचार विगतदेखि विद्यमान रहेको र अझ बढ्दै गएको दाबी गर्दै भ्रष्टाचारकै कारण मुलुकले अपेक्षित प्रगति गर्न नसकेको तथ्यहरूले पनि देखाएको बताए । थापाका अनुसार राजनीतिक दल तथा दलसँग सम्बन्धित व्यक्तिहरू सार्वजनिक पदमा पुगेर अख्तियारको दुरुपयोग गर्ने, अवैध रूपमा सम्पत्ति आर्जन गर्ने र त्यसलाई वैध बनाउने प्रवृत्तिबारे नागरिक तहमा व्यापक चर्चा हुने गरेको छ ।

उनले भने, ‘नेपालमा भ्रष्टाचार थियो, छ र बढ्दै गएको छ। भ्रष्टाचारकै कारण नेपालले प्रगति गर्न सकेको छैन भन्ने कुरा तथ्यहरूले पनि देखाएका छन्। सबैभन्दा बढी राजनीतिक दलहरू छन्, दलहरूसँग सम्बन्धित व्यक्तिहरू छन्। सार्वजनिक ओहोदामा पुग्छन्, त्यहाँ पुगेर अख्तियारको दुरुपयोग हुन्छ। त्यसबाट अकुत सम्पत्ति, अवैध सम्पत्ति जम्मा गर्छन्। त्यो सम्पत्तिलाई वैध बनाउँछन् भन्ने कुरा नागरिकहरूको बीचमा चलिआएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *