`

कोही शौचालयको लाइनमा,कोही बालेनलाई हेर्नमात्रै आएको भन्दै महाधिवेशनबाट फर्किए

Nepal One HD ७ असार २०८३ १७:२२
फोटोफिचर

काठमाडाैं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे पहिलाे महाधिवेशन चितवनमा जारी छ।

तर रास्वपा महाधिवेशनमा कोही भाषण सुन्दै गरेको दृश्य देखिएको छ। भने कोही शौचालयको लाइनमा त कोही मोहीको लाइनमा छन्।
कोही भने वालेन्द्र शाह (बालेन) लाई हेर्नमात्रै आएको भन्दै फर्किएका छन्।

महाधिवेशनमा बालेन, रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगनकुमार थापा, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,  पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष डा. सिके राउतलगायत सहभागी छन् ।

अहिले नेताहरुले महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गरिरहेका छन् ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरु सहभागी छन् ।

तस्वीरहरू:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *