`

रास्वपा महाधिवेशन दोस्रो दिन : सुरक्षा व्यवस्था कडा [तस्वीरहरू]

Nepal One HD ८ असार २०८३ १०:४६
फोटोफिचर

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन दोस्रो दिन प्रवेश गरेको छ। भरतपुरमा आइतबारदेखि सुरु भएको महाधिवेशनमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

मंगलबारसम्म सञ्चालन हुने महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ। महाधिवेशनबाट एक सभापति, एक वरिष्ठ नेता, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री तथा ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। साथै, विधानअनुसार सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार रहनेछ।

पार्टी नेतृत्वका प्रमुख पदहरूमा हालका नेतृत्व नै दोहोरिने सम्भावना बलियो देखिएको छ। पार्टीका संस्थापक सभापति रवि लामिछाने पुनः सभापति बन्ने तयारीमा रहेका छन् भने प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पनि वरिष्ठ नेताको भूमिकामा निरन्तर रहने अपेक्षा गरिएको छ।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *