लिङ्देनले ‘राजा ल्याउनुस्’ भन्दा माैन बालेन गणतन्त्रवादी नेतासँग किन कड्किए ?
काठमाडाैं । प्रधानमन्त्री बालेन के राजा चाहन्छन् ? त्यसकै लागि उनले राष्ट्रपति रामचन्द्र पौडेलमाथि पटकपटक अपमान र राजीनामाको दबाब दिएका हुन् ?
यसबारे बालेनले प्रष्ट बोलेका छैनन् । तर, उनको दल रास्वपाको चितवनमा जारी महाधिवेशनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा चाहिन्छ भन्नेहरुको मत पनि बालेनलाई गएकोले राजा ल्याउन सुझाए ।
बारम्बार राष्ट्रपति पौडेललाई जसरी अप्ठ्यारो पार्न प्रधानमन्त्री बालेनले कोशिस गरेका छन्, उनलाई नागार्जुन पुगेको ज्ञानेन्द्र शाहलाई फेरि नारायणहिटी ल्याउन उद्धत भएको आरोप लाग्ने गरेको छ ।
यस्ताेमा, राप्रपा अध्यक्ष लिङ्देनले तपाईंलाई राजावादीको मत पनि छ र तपाईंले राजा ल्याउनुपर्छ भन्दा बालेन चुपचाप बसे ।
जबकि, महाधिवेशनमा गणतन्त्रपक्षधर दल कांग्रेस सभापति गगन थापाले सीमा सम्बन्धी मामिलामा गम्भीर हुन सुझाव दिँदा प्रधानमन्त्री बालेनले आफ्नो राष्ट्रियतामा शंका नगर्न चेतावनीको भाषामा बोले ।
अर्काे गणतन्त्रपक्षधर दल एमालेका नेता प्रदीप ज्ञवालीले बालेन सरकारलाई गेयर र ब्रेक मिलाएर मात्रै सत्ताको गाडी गुडाउन सुझाव दिँदा चेतावनीको भाषामा उनले बालेन सरकार एक्सप्रेस वेमा गुडेको गाडी भएको र गन्तव्य पुगेपछि मात्रै रोकिने बताए ।
जनमतका अध्यक्ष सिके राउतले हावा र जनता उस्तै भएको र दुबैको भर नहुने भन्दा उनले बाढी ल्याएर खोलो फर्काएको जवाफ दिए ।
तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा चाहनेहरुको मत पनि बालेनलाई गएको र राजा ल्याउनु भन्दा मौन बसे । यसलाई नेपाली राजनीतिमा निकै अर्थपूर्ण घटनाको रुपमा हेरिएको छ ।
बालेनले पूर्वराजा महेन्द्रकाे जस्तै पाेषाक लगाउने गरेकाले उनलाई महेन्द्रपथमा हिँड्न चाहेकाे माैन प्रधानमन्त्री पनि कतिपयले भन्ने गरेका छन् । उनलाई नेपाली सेनाले पर्दापछाडिबाट समर्थन गरेकाे घामजत्तिकै छर्लङ्ग छ ।
काठमाडाैंकाे प्रमुख भए लगत्तै जङ्गी अड्डा पुगेका उनी प्रधानमन्त्री भएलगत्तै सेनाकाे कार्यक्रमलाई सम्बाेधन गर्न गएका थिए ।
जबकि अहिलेसम्म उनले आफूलाई मतदान गर्ने झापा-५ बासीलाई धन्यवाद दिए न प्रधानमन्त्री भएपछि देशवासीलाई सम्बाेधन गरे । नेपाली सेना देशमा राजसंस्थाकाे पक्षपाती जस्ताे देखिएकाे छ ।
२४ भदाै २०८२ मा प्रधानसेनापति अशाेकराज सिग्देलले देशवासीकाे नाममा सम्बाेधन गर्दा पृष्ठभूमिमा पृथ्वीनारायण शाहकाे तस्बिर राखेका थिए ।
त्यसबेलै सेना के चाहन्छ नेपालमा ? र प्रधानमन्त्री बालेन के चाहन्छ ? मानिसहरुले अनुमान गरिसकेका छन् ।
यस्ताेमा प्रधानमन्त्री बालेनले राप्रपा अध्यक्ष लिङ्देनले राजावादीहरुकाे पनि भाेट घण्टीमा परेकाे भन्दै राजा ल्याउनुहाेस् भन्दा उनी माैन बस्नु सामान्य विषय हाेइन ।
भिडियो:
