झापा जाँदै गगन-विश्व
नेपाली कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा झापा जाने भएका छन्।
पार्टीको जिल्लास्तरीय संगठनात्मक भेलालाई सम्बोधन गर्न उनी मंगलबार झापा पुग्ने कार्यक्रम रहेको कांग्रेस झापाले जनाएको छ।
कांग्रेस झापा जिल्ला सचिव कृष्ण हुमागाईंका अनुसार भेलामा पार्टी उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी हुनेछन्। कार्यक्रम कार्यकर्ता भेटघाट, संगठन सुदृढीकरण तथा आन्तरिक समन्वयलाई केन्द्रमा राखेर आयोजना गरिएको हो।
जिल्ला नेतृत्वका अनुसार झापामा हालसम्म करिब ६० प्रतिशत क्रियाशील सदस्यता अद्यावधिक भइसकेको छ।
बाँकी सदस्यता अद्यावधिकको प्रक्रिया पनि क्रमशः अघि बढिरहेको जनाइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
