`

बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

Nepal One HD ९ असार २०८३ १३:२२
अर्थ समाचार

काठमाडौं । काठमाडौँको बौद्धस्थित भाटभटेनी सुपर स्टोर  बुधवारदेखि पुनः सञ्चालनमा आउने भएको छ। स्टोरले भोलिदेखि नियमित रूपमा दैनिक सेवा प्रदान गर्ने जनाएको छ।

भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार स्टोर पुनः सञ्चालनमा ल्याउन आवश्यक तयारी पूरा गरिएको छ।

उनले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता यथावत रहेको जानकारी दिइन्।

स्टोर व्यवस्थापनका अनुसार पुनः सञ्चालनसँगै सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाइने योजना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *