आगजनीपछि पुनर्निर्माण गरिएको बौद्धको भाटभटेनी आजदेखि सञ्चालनमा [तस्वीरहरू]
काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ।
२०८२ साल भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको उक्त सुपरस्टोर मर्मत तथा पुनर्निर्माण सम्पन्न भएपछि बुधबारदेखि ग्राहकका लागि पुनः खुला गरिएको हो।
आगलागीका कारण ठूलो भौतिक क्षति पुगेपछि केही समयदेखि बन्द रहेको स्टोरलाई पुनः व्यवस्थित गर्दै नियमित सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
पुनर्निर्माण सम्पन्न भएसँगै बौद्ध क्षेत्रका उपभोक्ताले अब पुनः सोही स्टोरबाट दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक वस्तुहरू खरिद गर्न सक्ने भएका छन्।
भाटभटेनी व्यवस्थापनका अनुसार ग्राहकको सुविधा र सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै स्टोरलाई थप व्यवस्थित बनाइएको छ। पुनः सञ्चालनसँगै स्टोरले नियमित समयअनुसार सेवा प्रदान गर्ने जनाएको छ।
तस्वीरहरू:























