`

रास्वपा महाधिवेशन : नाँचगान र हानहानको समिश्रण

Nepal One HD १२ असार २०८३ १४:०३
फोटोफिचर

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनको तयारी भइरहेका बेला महाधिवेशनस्थलमा नेता–कार्यकर्ताहरू नाचगानमा रमाएका छन्।

दोहोरी गायनमा रुचि राख्ने सहमहामन्त्री पदका उम्मेदवार रमेश प्रसाईंले ‘तिमलाई टाढा, मलाई नि टाढा…’ बोलको लयमा पार्टी महाधिवेशन र उम्मेदवारहरूको नाम समेटेर गीत प्रस्तुत गरेका थिए। उनको प्रस्तुतिमा अन्य सहभागीले मादल बजाएर साथ दिएका थिए।

गीतको तालमा नेता सोबिता गौतम, हरि ढकाल, असीम शाहलगायत नेता–कार्यकर्ता नाच्दै रमाएको दृश्य महाधिवेशनस्थलमा देखिएको थियो। प्रसाईंले तत्कालीन माहोलसँग मेल खाने शैलीमा गीत प्रस्तुत गर्दा उपस्थित नेता–कार्यकर्ताले ताली बजाउँदै र स्वर मिलाउँदै साथ दिएका थिए।

असार ७ गतेदेखि चितवनमा जारी महाधिवेशन अन्तिम चरणमा पुगेको छ। पदाधिकारी पदका लागि मतदान सम्पन्न भएपछि मतगणना गरी आजै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। त्यससँगै महाधिवेशन औपचारिक रूपमा सम्पन्न हुने कार्यक्रम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *