`

प्रतिनिधि सभामा आज कुन कुन विधेयक प्रस्तुत हुँदैछन् ?

Nepal One HD १८ असार २०८३ १३:३०
बिशेष

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ।

प्रतिनिधि सभा बैठकका लागि १३ वटा कार्यसूची तय गरिएको छ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

यस्तै, सार्वजनिक खरिद विधेयक, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण विधेयक, सहकारी विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने कार्यसूची पनि रहेको छ।

दिउँसो १:१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकहरूमाथि समूहीकृत छलफल हुने कार्यसूची छ।

छलफल हुने मन्त्रालयमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला र सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *