`

निधि निवासमा प्रकाशमान र शशांक

Nepal One HD १८ असार २०८३ १५:३०
प्रमुख खबर

काठमाडौं। नेपाली कांग्रेसभित्र आन्तरिक विवाद र राजनीतिक तनाव बढिरहेका बेला पार्टीका तीन शीर्ष नेता उपसभापति प्रकाशमान सिंह र नेता डा. शशांक कोइरालाबीच भेटवार्ता भएको छ।

बिहिवार मध्यबानेश्वरस्थित निधि निवासमा उनीहरुको छलफल चलिरहेको हो।

भेटवार्तामा पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा समसामयिक राजनीतिक घटनाक्रमबारे विचारविमर्श भइरहेको स्रोतले जनाएको छ।

प्रकाशमान सिंहलाई लामो समयदेखि पूर्वसभापति शेरबहादुर देउवा निकट नेताका रूपमा हेरिँदै आएको छ। यता विमलेन्द्र निधि पछिल्ला दिनमा संस्थापनइतर समूह, विशेषगरी गगन थापानिकट धारसँग निकट भएको चर्चा चलिरहेको छ।

डा. शशांक कोइराला भने पार्टीभित्र मध्यमार्गी भूमिकामा देखिँदै आएका छन्।

पार्टीभित्र नेतृत्व, संगठन र आगामी रणनीतिलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला तीन नेताबीचको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

यद्यपि भेटवार्तापछि नेताहरूले कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *