`

नेप्सेको ओरालो यात्रा जारी,८.३० अंकले घट्यो

Nepal One HD १९ असार २०८३ १६:२६
अर्थ समाचार

काठमाडौं। धितोपत्र बजारमा साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबार नेप्से परिसूचक ८.३० अंकले घटेर २,६५३.४० बिन्दुमा कायम भएको छ। यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६५ अंकले घटेर ४५९.८१ बिन्दुमा झरेको छ।

आज ३४५ कम्पनीका ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ४१ करोड १२ लाख ३४ हजार ५३७ रुपैयाँ पुगेको छ।

कारोबार रकमका आधारमा कृषि विकास बैंकको एग्रिकल्चर बण्ड, केबीएल डिबेञ्चर, एनआरएन इन्फ्रास्ट्रक्चर, वेस्ट फाइनान्स र सेन्ट्रल फाइनान्स अग्रस्थानमा रहे।

आजको कारोबारमा सानिगाड हाइड्रो, स्नो रिभर लिमिटेड, कालङ्गा हाइड्रो, नेपाल फाइनान्स र खानीखोला हाइड्रोका लगानीकर्ताले सर्वाधिक नाफा कमाए।

यता, अप्पर लोहोरे खोला हाइड्रोपावर, धौलागिरी लघुवित्त, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, सामुदायिक लघुवित्त र युनिभर्सल पावरका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *