संसदमा विपक्षी दलहरूको विरोध
बिशेष
काठमाडौं। प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।
सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।
विपक्षी सांसदहरूको विरोध जारी रहेपछि सभामुख अर्यालले कांग्रेसका प्रमुख सचेतक वासना थापालाई आफ्नो धारणा राख्न समय दिएका छन्।
विपक्षी दलहरूले विरोध गर्नुको कारणबारे बैठकमा विस्तृत धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
