`

गणेश नेपालीको मृत्युपछि हर्क अंग्रेजीमा लेखे– ‘राक्षसको सत्ता हुँदा जीवन सकिन्छ’

Nepal One HD २६ असार २०८३ १६:०७
बिशेष

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले गणेश नेपालीको मृत्युलाई संकेत गर्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अंग्रेजीमा लेख्दै भनेका छन्, ‘राक्षसको सत्ता हुँदा जीवन सकिन्छ ।’

यसअघि पनि साम्पाङले विगतको सरकार र वर्तमान सरकार दुवैप्रति असन्तुष्टि जनाउँदै दुवै सरकार जनताको ज्यान जाने अवस्थाका लागि जिम्मेवार रहेको टिप्पणी गरेका थिए ।

उनले अर्को पोस्टमा लेखेका छन्, ‘गोली चलाएर मार्ने पहिलेको सरकार र फाइन चलाएर अनि डोजर चलाएर मार्ने सरकारमा के फरक छ ?’

साम्पाङले पछिल्ला घटनालाई लिएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *