`

‘बालेन सरकारको डोजर आतंकपछि ९ जनाको मृत्यु’

Nepal One HD ३१ असार २०८३ १४:०२
नेपाली कांग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सुकुम्बासी बस्तीमा सरकारले सञ्चालन गरेको डोजर अभियानपछि मृत्यु हुनेको संख्या ९ पुगेको दाबी गर्दै सरकारको कडा आलोचना गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुकुम्बासी व्यवस्थापनमा सरकार मानवीय संवेदनशीलता देखाउन असफल भएको आरोप लगाइन्।

राज्यको अव्यावहारिक नीतिका कारण विभिन्न उमेर समूहका नागरिकले ज्यान गुमाएको दाबी गर्दै उनले यस घटनालाई गम्भीर रूपमा लिन सरकारसँग माग गरिन्।

सांसद गुरुङले १८ वर्षका रविन तामाङदेखि १८ महिनाका उज्वल तामाङसम्म गरी नौ जनाको मृत्यु भएको उल्लेख गर्दै उनीहरूको मृत्यु राज्यको गलत नीति र व्यवस्थापनको परिणाम भएको दाबी गरिन्। उनले उक्त घटनालाई राज्य संयन्त्रबाट भएको ‘संस्थागत हत्या’को संज्ञा दिँदै संसदबाटै निन्दा व्यक्त गरिन्।

उनले सरकार जनसरोकारका विषयमा उठेका प्रश्नको जवाफ दिनुभन्दा विषयान्तर गर्नतर्फ बढी केन्द्रित रहेको आरोपसमेत लगाइन्। गम्भीर सार्वजनिक मुद्दामा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बेला अन्य विषयलाई अघि सारेर मूल प्रश्नबाट उम्किने प्रयास भइरहेको उनको टिप्पणी थियो।

सांसद गुरुङले सुकुम्बासी समस्या समाधानका लागि मानवीय, व्यवहारिक र दीर्घकालीन नीति अवलम्बन गर्न सरकारलाई आग्रह गर्दै पीडित परिवारप्रति राज्य जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *