`

नेप्से साढे ७ अंकले बढ्यो

Nepal One HD ३२ असार २०८३ १५:३६
अर्थ समाचार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबारको कारोबारमा ७.५३ अंकले बढेर २,५९७.८० विन्दुमा पुगेको छ।

दिनभर उच्च उतारचढाव देखिएको बजार अन्तिम समयमा सुधारिँदै हरियालीमा बन्द भएको हो।

आज १२१ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

बजारमा कुल ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँ बराबरको ९४ लाख ६९ हजार ९९ कित्ता सेयर ३९ हजार ५९५ पटक किनबेच भएको छ।

समूहगत परिसूचकतर्फ फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् तथा उत्पादन एवं प्रशोधन समूहमा गिरावट आएको छ।

यता बैंकिङ, विकास बैंक, लगानी, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, व्यापार तथा अन्य समूहका सूचक भने बढेका छन्।

दिनभर बजारमा उतारचढाव रहे पनि अन्तिम चरणमा खरिदकर्ता सक्रिय बनेपछि नेप्से सकारात्मक अंकमा बन्द भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *