`

ज्वाला सङ्ग्रौलाको प्रश्न- ‘रवि र विष्णुका लागि कानुन किन फरक-फरक?’

Nepal One HD २ साउन २०८३ १२:५२
नेकपा एमाले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला सङ्ग्रौलाले पूर्वगृहमन्त्री रवि लामिछाने र नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि अदालतले अपनाएको प्रक्रियामाथि प्रश्न उठाएकी छन्।

‘४ करोड बिगो मागदाबी गरिएका रबि लामिछानेले  बिगो बराबरकै धरौटी तिरेर पनि १४ महिना जेल बस्नुपर्ने, अनि २० करोड ७७ लाख बिगो सहित भ्रस्टाचार र सम्पती सुद्दीकरण मुद्दामा अनुसन्धानमा तानिएका बिश्णु पौडेल २२ दिन हिरासत बसेर साधारण तारेखमा रिहा हुने?,’ उनले फेसबुक मार्फत प्रश्न गरेकी छन्।  

सङ्ग्रौलाले समान प्रकृतिका कानुनी प्रक्रियामा फरक व्यवहार भएको भन्दै कानुनको समान कार्यान्वयनबारे प्रश्न गरेकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्,‘अदालतले कसैलाई बिगो बराबर धरौटी माग्छ, अनि कसैलाई साधारण तारेखमा छोड्छ। कानुन सबैका लागि एउटै हुनुपर्दैन?’

सङ्ग्रौलाले कानुनको प्रयोगमा समानता हुनुपर्ने भन्दै न्याय प्रणालीप्रति आम नागरिकको विश्वास कायम राख्न अदालतले सबैप्रति समान मापदण्ड अपनाउनुपर्ने धारणा व्यक्त गरेकी छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *