`

बाढीले बगाउँदा २ जनाको मृत्यु

Nepal One HD ३ साउन २०८३ ११:३७
प्रमुख खबर

खोटाङ । खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको बाढीमा बगेर दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार रहेका छन्।

नेर्पाका वडाध्यक्ष माधव राईका अनुसार आफन्तको घरबाट फर्किने क्रममा स्थानीय छाँगे खोलामा आएको बाढीले बगाउँदा शान्ता राई बेपत्ता भएकी थिइन्। ढिलोसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी गर्दा उनको शव खोलामा फेला परेको हो।

त्यसैगरी, केपिलासगढी गाउँपालिका–४ स्थित गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा पर्शुराम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।

लगातारको वर्षापछि जिल्लाका साना खोलानाला र खोल्सीहरूमा पानीको बहाव बढेकाले स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *