करिब २ हजारले बढ्यो सुनको मूल्य
अर्थ समाचार
काठमाडौं। स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँ तथा चाँदी ४ हजार २०० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार ३१ अमेरिकी डलर र एक औँस चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
