पाँचथरको सर्वाधिक विनाशक हेवाखोलामा ठूलो पहिरो खस्यो, सचेत रहन सांसद केरुङको अपिल
काठमाडौं। पाँचथरको हेवाँखोलामा ठूलो पहिरो झरेको छ।
खोला थुनिनेगरी जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर- ५ लुङमादेनमा पहिलो झरेको हो ।
यो घटनालाई ‘ठूलो विपत्ति’ भन्दै पाँचथरका कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले सचेत रहन सबैलाई अनुरोध गरेका छन् ।
पहिरो गएको भिडियो शेयर गर्दै केरुङले भने, ‘फेरि अर्को विपत्ति गृहपालिका फालेलुङ-५ लुङमादिनमा, सबैमा सचेत रहन अनुरोध गर्दछु ।’
हेवाँखोला थुनिएको अवस्थामा तटीय क्षेत्रमा ठूलो क्षति पुर्याउने जोखिम रहन्छ । तटीय क्षेत्रको ठाउँठाउँमा सानातिना बस्तीहरू छन् । त्यसैले सांसद केरुङले सचेत रहन आग्रह गरेका हुन् ।
हेवाँखोला पाँचथरमा जनधनको सर्वाधिक विनाशक खोला हो । २०८० को असार २ गते त्यहाँ ठूलो बाढी आएको थियो, जसले जनधनको क्षति गर्यो । त्यसबेलाका बाढी सम्झिँदै स्थानीयहरू अहिले पनि भन्छन्– हेवाँ बहुलायो ।
त्यसअघि र पछिका वर्षहरूमा आएको बाढीले पनि खोला खेत, मोटरेबल पुल, माछापोखरीदेखि घरहरू बगायो । मान्छे त वर्षेनी बगाउने गरेको छ ।
भिडियो :
