`

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

Nepal One HD १२ साउन २०८३ १०:५७
समाचार

गण्डकी। पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र छोरीको मृत्यु भएको छ ।आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल –७ भाटवेशीएकाघरका ५९ वर्षीय टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो ।

घरमाथि रहेको नगरकुलो भत्केपछि पहिरो खसी धन्सारसहितको दुईतले कच्ची घरमा क्षति पु¥याएको उहाँको भनाइ छ ।

घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको र उहाँहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । विक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *