सामाजिक सद्भाव र शान्ति सुरक्षाबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
राजनीति
काठमाडौं – रास्वपाका सभापति रवि लामिछानेले सुनसरी घटनालगायत विषयमा छलफल गर्न आज बिहान ८ बजे सर्वदलीय बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा संसद्मा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गर्नुभएको महामन्त्री आचार्यको भनाइ छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
