धार्मिक सद्भाव बिथोल्ने षड्यन्त्रविरुद्ध एकजुट हुन महेश बस्नेतको आग्रह
नेकपा एमाले
नेकपा (एमाले) का सचिव महेश बस्नेतले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा आम नागरिक सबै मिलेर समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्ने बताएका छन्।
बस्नेतले सुनसरी घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, दोषीमाथि निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न तथा सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन माग गरेका छन्।
उनले नेपाली–नेपालीबीच द्वन्द्व र विभाजन गराउने कुनै पनि षड्यन्त्रविरुद्ध एकजुट हुन आह्वान गर्दै देशलाई हिंसा नभई शान्ति, सद्भाव र राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
