कपिलवस्तुमा ट्रकको ठक्करबाट ३ जना मारिए
समाचार
रूपन्देही। कपिलवस्तुको तौलिहवा–बहादुरगञ्ज सडकखण्ड अन्तर्गत महाराजगञ्ज नगरपालिका–२ स्थित गैडहवा चोक नजिक ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ।
बुधबार बिहान बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको मदिरा बोकेको ट्रकले पैदलयात्री र साइकलयात्रीलाई किच्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ का ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ता रहेका छन्।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको ट्रकले अनियन्त्रित भई उनीहरूलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
