सुनसरी घटनामा पीडित परिवारसँग सरकारको सहमति : शहीद घोषणा, राहत र रोजगारीको व्यवस्था
बिशेष
काठमाडौं – सुनसरीको देवानगञ्ज घटनामा मृतक परिवारसँग सरकारको ७ बुँदे सहमति भएको छ ।देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच बिहीबार राति ७ बुँदे सहमति भएको हो ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा गृह मन्त्रालय र पीडित परिवारबीच भएको सम्झौताअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र प्रत्येक परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सहमतिअनुसार घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ। साथै, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिले दिने सुझाव र सिफारिस शीघ्र कार्यान्वयन गर्ने ुहमती भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
