`

‘हिन्दु’ले देउवापक्षीय कांग्रेसमा लफडा, निधि-महतबीच कागज खोसाखोस

Nepal One HD ३१ साउन २०८३ १५:५४
प्रमुख खबर

काठमाडौं। ‘हिन्दु’ शब्दकै कारण कांग्रेसको देउवापक्षीय भेलामा नेता विमलेन्द्र निधि र डा. प्रकाशशरण महतबीच लफडा भएको खुलेको छ । लफडा यतिसम्म भयो कि दुई नेताबीच कागज खोसाखोस नै भयो ।

हिन्दुवादी र राजसंस्थापक्षधर कांग्रेस नेता शंकर भण्डारीले देउवालाई ‘म हिन्दु हुँ’ भन्न लगाएका थिए । देउवाले त्यसो भनेपछि भेलाबाट जारी गर्ने पाँच बुँदे घोषणापत्रमा नेपाल सनातन हिन्दु राष्ट्र भन्ने शब्द घुसाउन देउवानिकट नेता डा. प्रकाशशरण महतले खोजेका थिए ।

त्यहीबेला नेता विमलेन्द्र निधिले ‘हिन्दु’ शब्द नघुसाउनु भन्दै महतको हातमा रहेको कागज खोसेका हुन् । निधिले कांग्रेसकै सरकार हुँदा जारी भएको नेपालको संविधान २०७२ मा नेपाल धर्मनिरपेक्ष राष्ट्र उल्लेख रहेको तर्क गर्दै कांग्रेस पछाडि फर्किन नमिल्ने बताएका थिए ।

यो घटनाले देउवापक्षीय कांग्रेसमा धर्मको सवालमा मतभेद देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *