किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न आदेश
प्रमुख खबर
काठमाडौं। पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
प्रहरीको मागअनुसार अदालतले श्रेष्ठको म्याद दोस्रोपटक थप गरेको हो।
यसअघि गत बुधबार राति पक्राउ परेका उनलाई अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
पहिलो म्याद सकिएपछि प्रहरीले थप अनुसन्धानका लागि समय मागेकोमा अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
