`

मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

Nepal One HD ५ भदौ २०८३ १९:४६
राजनीति

जनकपुरधाम। मधेस प्रदेशसभाको चालु सातौँ अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ ।प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु सातौँ अधिवेशन अन्त्य गर्नुभएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता संजीपकुमार दुब्बेद्वारा आज जारी विज्ञप्तिमा प्रदेश प्रमुखले आज राति १२ः०० बजेदेखि मधेस प्रदेशसभाको चालु सातौँ अधिवेशन अन्त्य गर्नुभएको उल्लेख छ । प्रदेशसभाको सातौँ अधिवेशन गत जेठ १ गतेदेखि सुरु भएको थियो ।

अधिवेशन अन्त्यसँगै प्रदेशसभामा चालु अधिवेशनअन्तर्गत भइरहेका संसदीय गतिविधि औपचारिक रूपमा टुङ्गिनेछन् ।

सरकारले आवश्यकताअनुसार आगामी अधिवेशन आह्वानका लागि पुनः संवैधानिक प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्थाअनुसार आगामी अधिवेशन आह्वान गरिने विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *