`

पुँजीबजारका समस्या पहिचान गरी संसदमा प्रभावकारी रूपमा उठाउँछौँ : गगन थापा

Nepal One HD ७ भदौ २०८३ १९:२३
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनपछि पुँजीबजारले अपेक्षाअनुसार गति लिन नसकेको बताएका छन्।

आइतबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘नेपालको पुँजीबजार : आर्थिक लगानी आधार’ विषयक कार्यक्रममा बोल्दै थापाले निर्वाचनपछि पुँजीबजारमा सुधार आउने अपेक्षा गरिए पनि त्यसअनुसार प्रगति हुन नसकेको बताए।

उनले पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न नसक्नुका कारण पहिचान गरी तत्काल सुधार गर्न सकिने विषयमा बहस आवश्यक रहेको बताए। पुँजीबजारसँग सम्बन्धित विषयलाई संसदमा प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसका सांसदहरूले प्रभावकारी रूपमा उठाउनुपर्ने उनको भनाइ छ।

थापाले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुँजीबजारबारे जानकारी र शिक्षा दिने तथा यस विषयमा पार्टीको स्पष्ट र व्यापक दृष्टिकोण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

‘चुनावपछि पुँजीबजार सबैभन्दा राम्रोसँग जान्छ भनेर अनुमान गरिएको थियो। सबैमा अत्यन्तै उत्साह र अपेक्षा पनि थियो। तर दुर्भाग्यवश हाम्रो पुँजीबजार जसरी जानुपर्ने हो, त्यसरी जान सकेको छैन,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *