`

अपराध बढ्दा नागरिकमा असुरक्षा र भयको मनोविज्ञान बढ्यो – शंकर पोखरेल

Nepal One HD ८ भदौ २०८३ ७:४५
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको पछिल्लो अवस्थाले समाजमा आत्महत्याको शृङ्खलासमेत वृद्धि गराएको बताएका छन् । नेता पोखरेलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

उनले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र बुझ्न नहुने बताएका छन् ।

उनले लेखेका छन् –
समाजमा बढ्दो हत्या, हिंसा र बलात्कार केवल आपराधिक घटना मात्र होइनन्; यी सामाजिक अराजकता, कमजोर राज्य व्यवस्था र २०८२ भाद्र २४ को विध्वंसात्मक अराजकताले सिर्जना गरेको विचलित मनोविज्ञानका परिणाम हुन्। यसले समाजमा आत्महत्याको श्रृंखला पनि वृद्धि गरिदिएको छ । जबसम्म उक्त विध्वंसकारी घटनाका योजनाकार र दोषीहरू पहिचान गरी दण्डित हुँदैनन्, तबसम्म समाजमा अपराधीहरू निर्भय हुने र नागरिकहरू सदैव भयभीत तथा असुरक्षित हुने अवस्था रहिरहन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *