`

रसुवाको बाढी नुवाकोट छिर्‍यो, वेत्रावतीदेखि देवीघाटसम्म त्रास

Nepal One HD १० भदौ २०८३ १२:०४
प्रमुख खबर

काठमाडौं। तिब्बत हुँदै रसुवाबाट आएको भीषण बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ । प्रारम्भिक विवरणअनुसार वेत्रावती बजारमा बाढीको असर सबैभन्दा बढी परेको छ ।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार बाढीले त्रिशूली बजारमा समेत क्षति पुर्‍याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ । देवीघाट बजार पनि बाढीको चपेटामा परेको उनले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार बिहान करिब ९ बजेतिर नुवाकोटतर्फ बाढी आएको जानकारी भएको थियो । बाढीले पुर्‍याएको क्षतिको यकिन विवरण भने संकलन भइरहेको छ ।

उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्ने तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताए ।

भोटेकोशीमा आएको बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत देखिएपछि नुवाकोटमा त्रिशूली नदी आसपासका बस्तीमा जोखिम बढेको छ ।

स्थानीय प्रशासन तथा सुरक्षा निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता बढाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *