`

बाढी प्रभावित चार जिल्लामा टेलिकमको फोन र डेटा निःशुल्क

Nepal One HD १० भदौ २०८३ १२:५०
प्रमुख खबर

काठमाडौं । सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा सेवा निःशुल्क गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा समन्वयमा सहजता होस् भनेर टेलिकमको सेवा निःशुल्क गर्ने निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राहत, उद्धार तथा खोजी कार्यमा परिचालन हुने निजी हेलिकप्टरलाई समेत अनुमति लिनुपर्ने व्यवस्था हटाइएको छ । विपद्को समयमा तत्काल उद्धार तथा राहत कार्य अघि बढाउन यस्तो व्यवस्था गरिएको हो ।

यसैबीच, रसुवाका बाढी प्रभावितको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरले चिकित्सकको टोली प्रभावित क्षेत्रमा पठाएको छ ।

सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई आवश्यक औषधिसहित प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।

उनले आकस्मिक उपचारका लागि चिकित्सकको टोली पठाइएको र अस्पताललाई समेत तयारी अवस्थामा राखिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *