एमाले सांसदले आधा महिनाको तलब बाढीपीडित राहत कोषमा दिने
प्रमुख खबर
काठमाडौं । नेकपा एमाले संसदीय दलका सांसदहरूले आफ्नो आधा महिनाको तलब दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
आज बसेको एमाले संसदीय दलको बैठकले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सांसदहरूको आधा महिनाको तलब राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।
एमाले संसदीय दलका सदस्य सोमनाथ पोर्तेलले बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने गरी उक्त निर्णय गरिएको जानकारी दिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
