उद्धार, राहत र पुननिर्माणमा सरकार सुस्त -कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसले नेताहरूले भोटेकोशी बाढीपछि गर्नुपर्ने उद्धार, राहत र पुननिर्माणको काममा सरकार सुस्त रहेको दाबी गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पार्टीको कार्यसम्पादन समिति बैठकमा बाढीले क्षति पुर्याएको रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा सरकारले उद्धार, राहत र पुननिर्माणको काम सुस्त गतिमा गरिरहेको जिकिर गरेका हुन्।
बैठकमा रसुवाका सांसद मोहन आचार्य, नुवाकोटका नेताहरू अर्जुननरसिंह केसी र बहादुरसिंह लामा तथा विज्ञ नेता डा.गोविन्द पोखरेल लगायत भोटेकोशी बाढीबाट सिर्जित विनाश र त्यसपछिको राहत तथा पुनर्निर्माणका सरकारले काम गर्न नसकेको बताए ।
बैठकमा रसुवा र नुवाकोटका जनप्रतिनिधि तथा विज्ञ नेताहरूले बाढीले पुर्याएको क्षति, सरकारको सुस्तता र पार्टीको आगामी रणनीतिकाबारे छलफल भइरहेको छ ।
नेताहरूले बाढी पछिको वस्तुस्थितिबारे जानकारी गराउँदै सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
