एप् एक सेवा अनेक – खल्तीबाटै होटल बुक गर्न सकिने
काठमाडौं। आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
नयाँ सेवामार्फत सेवागाहिले नेपालभरका ३०० भन्दा बढी होटल खल्ती एपबाटै बुकिङ तथा भुक्तानी गर्न सक्नेछन्।
स्याफायर म्यानेजमेन्ट ग्रुपसँगको प्राविधिक साझेदारीमा याे सेवा सुरु गरिएको छ ।
यो सेवाको बुकिङ प्रक्रिया पूर्ण रूपमा सञ्चालनमा रहेको कम्पनीले जानकारी गराएकाे छ। भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्काल बुकिङ निश्चित भएको जानकारी पाउनेछन् ।
अब खल्तीबाट आन्तरिक उडान र बससँगै गन्तव्यमा बस्ने होटलसमेत बुक गर्न सकिन्छ।
यससँगै खल्ती भुक्तानी सेवामा सीमित नरही सम्पूर्ण यात्रा व्यवस्थापन गर्ने एपका रूपमा विस्तार भएको कम्पनीले जनाएकाे छ।
सेवा सुरु गरेकाे अवसरमा खल्तीले विशेष अफर ल्याएको छ।
अफर अवधिमा होटल बुक गर्ने ग्राहकहरुमध्ये गोलाप्रथामार्फत छनोट भएका २० जना विजेताले प्रत्येक बुकिङमा अधिकतम १ हजार ५ सय रुपैयाँको ५० प्रतिशत क्यासब्याक पाउने छन्।
