`

दसैँमा घर फर्किनेको ओइरो, उपत्यका छाड्ने ४ लाख ९६ हजार पुगे

Nepal One HD २ कार्तिक २०८३ १४:०४
समाचार

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको लर्को महाअष्टमीमा पनि रोकिएको छैन । टीका नजिकिँदै गर्दा घर फर्किने यात्रुको भीड बढेको छ । उपत्यकाका प्रमुख बसपार्क र चोकहरूमा आइतबार पनि यात्रुको चाप देखिएको छ ।

नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालालगायतका क्षेत्रमा घर जाने यात्रुको भीड लागेको छ । सार्वजनिक सवारीसाधन चढेर दसैँ मनाउन गाउँ फर्किने क्रम जारी रहँदा उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढेको छ ।

त्यस्तै, घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।

महाअष्टमीको बिहान उपत्यका छाड्ने सवारीसाधनको चाप बढी देखिए पनि त्यसपछि क्रमशः घट्दै गएको छ । साथै, दसैँ मनाउन ठूलो संख्यामा मानिस बाहिरिएसँगै काठमाडौंका सडकमा सवारीसाधनको चापसमेत कम हुँदै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *