उपसभामुख रुबीकुमारीद्वारा तिहार, लक्ष्मीपूजा र भाइटीकाको शुभकामना
प्रमुख खबर
काठमाडौं । उपसभामुख रुबीकुमारीले तिहार, लक्ष्मीपूजा तथा भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन्।
आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले तिहारले नेपाली समाजमा आपसी प्रेम, विश्वास, आत्मीयता र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छन्।
माता लक्ष्मीको कृपाले सबैको घरपरिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाओस् भन्दै उनले नेपाली कला, संस्कृति र मौलिक परम्परा सधैँ जीवन्त रहनुपर्ने बताएकी छन्।
उनले तिहार तथा भाइटीकाले सबैको जीवनमा नयाँ उमङ्ग, आशा, उत्साह र सकारात्मक ऊर्जा प्रदान गरोस् भन्ने कामनासमेत गरेकी छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
