`

तिहारपछि सुनको मूल्यमा भारी गिरावट

Nepal One HD २८ कार्तिक २०८३ ११:३९
अर्थ समाचार

काठमाडौं । तिहार बिदापछि खुलेको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ तोकेको छ । तिहारअघि अन्तिम कारोबार दिन अर्थात् कात्तिक २२ गते सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि ९ हजार ६८५ रुपैयाँले घटेर २ लाख ३२ हजार ९४० रुपैयाँ कायम भएको छ । तिहारअघि १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ६२५ रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँमा झरेको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ९५ रुपैयाँले घटेर ३ हजार १७२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साथै, तिहार बिदाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको गिरावट तथा उतारचढावको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *