मन्त्रालयको एक्सन : ७ इन्जिनियर सरकारी सेवाबाट हटाइए
प्रशासन
काठमाडाैं । कार्यालयमा हाजिर नभएको र स्वीकृतिबिना बिदामा बसेको कसुरमा पूर्वाधार विकास मन्त्रालयले सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार सेवाबाट हटाइएकामा पुजन न्यौपाने, सृष्टि भुषाल, संयोग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।
कारबाहीमा परेकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको र एक जना स्वीकृतिबिना बिदामा बसेको मन्त्रालयले जनाएको छ।
निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) का खण्ड (छ) र (ज) अनुसार उनीहरूलाई सेवाबाट हटाइएको हो।
मन्त्रालयका अनुसार २०८३ कात्तिक २० गतेको निर्णयबाट उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
