`

मोदीसँग वार्तापछि बालेनले भेटे भारतीय राष्ट्रपति मुर्मु

Nepal One HD ७ मंसिर २०८३ १६:२०
बिशेष

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् । सोमबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता र विभिन्न समझदारी गरेपछि शाहले राष्ट्रपति मुर्मुसँग शिष्टाचार भेट गरेका हुन् ।

मोदीसँगको भेटपछि भारतीय प्रधानमन्त्रीले आयोजना गरेको दिवाभोजमा सहभागी भएका शाह त्यसलगत्तै राष्ट्रपति भवन पुगेका थिए । राष्ट्रपति मुर्मुसँगको भेटलाई प्रधानमन्त्रीको भारत भ्रमणको उच्चस्तरीय कूटनीतिक भेटघाटको अर्को महत्वपूर्ण कार्यक्रमका रूपमा लिइएको छ ।

आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय समकक्षी मोदीसँग द्विपक्षीय सम्बन्ध, सहकार्य र विभिन्न समझदारीका विषयमा छलफल गरेका थिए ।

सबै भेटघाट तथा कार्यक्रम सकेर उनी सोमबार नै स्वदेश फर्किने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *