`

हिरासतमा आफू र परिवारलाई धम्की दिइएको इनम सापकोटाको आरोप, आयोगमा उजुरी दर्ता

Nepal One HD ११ मंसिर २०८३ २०:३५
बिशेष

काठमाडौं – प्रहरी नियन्त्रणमा रहँदा आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा राखिएको र विभिन्न व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको भन्दै इनम सापकोटाको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।

सापकोटाकी श्रीमती कविता पाण्डेले आयोगको ललितपुरस्थित कार्यालयमा उजुरी दिँदै परिवारको सुरक्षा र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन्।

सापकोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभापति गगन थापासहित विभिन्न व्यक्ति र व्यवसायीविरुद्ध बयान दिन दबाब तथा धम्की दिइएको आरोप लगाएका छन्।

त्यस्तै, आफूलाई जानकारी नभएका विषय समेटिएको कागजातमा हस्ताक्षर गर्न दबाब दिइएको र अनुसन्धान पूरा नहुँदै सञ्चारमाध्यमबाट दोषीका रूपमा प्रस्तुत गरिएको उनको आरोप छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *